
मसुरिया, २१ असोज।
दाङको राप्ती गाउँपालिकाले अशक्त अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर ह्वीलचियर वितरण गर्न थालेको छ। गाउँपालिकाले रोटरी क्लब अफ राप्तीसँगको सहकार्यमा पालिकाका ९ वटै वडाका १८ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गर्न लागेको हो।
हिँडडुल गर्न कठिनाइ भएका बालबालिका तथा अन्य अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउने उद्देश्यले घरमै पुगेर सहायक सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमअन्तर्गत बुधबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह तथा रोटरी क्लब अफ राप्तीका पदाधिकारीको उपस्थितिमा वडा नम्बर १ र २ का लाभग्राहीलाई ह्वीलचियर प्रदान गरिएको छ।
गाउँपालिकाले बाँकी वडाका लाभग्राहीलाई पनि क्रमशः घरमै पुगेर ह्वीलचियर वितरण गरिने जनाएको छ।



लाइभदाङ । २१ आश्विन २०८३, बुधबार २०:४३ बजे