दंगीशरण–२ मा एमाले बिजयी

दाङ,३१ बैशाख ।

दंगीशरण गाउँपालिका वडा नं. २ मा नेकपा एमालेका डम्वर खत्री बिजयी भएका छन् । उनले ६ सय ९७ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका हुन ।


उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेवार तुलसीराम देवकोटाले ५ सय १ मत ल्याएर पराजित भएका छन् ।

दंगीशरण गाउँपालिका २ नम्वर वडा २०७४ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको वडा हो । दंगीशरण गाउँपालिका वडा नं. १ मा भने नेपाली कांग्रेसका रमेश भण्डारी बिजयी भएका छन् ।