आफैले पढाउने विद्यालयमा शिक्षकले दिए शैक्षिक सामग्री

तुलसीपुर, २६ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित दिपेन्द्र माध्यमिक विद्यालयका शिक्षक यज्ञबहादुर केसीले आफूले पढाउने विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

उनले शुक्रबार परेको जन्मदिनको अवसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।


गएको वर्ष पनि उनले जन्मदिनको अवसरमा न्यानाे कपडन वितरण गरेका थिए । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा पनि विद्यार्थीहरुलाई सहयाेग गरेको उनको भनाई छ । उनी नेपाल ट्रेड युनियन कांग्रेस दाङका सचिव समेत हुन ।