
दंगीशरण, १६ पुस ।
दगीशरण गाउँपालिकाले उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउबिजनहरु ५० प्रतिशत अनुदानमा वितरण गरेकोछ । दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउ वितरण गरेको हो ।
स्विकृत बार्षिक कार्यक्रम अनुसार ४ लाख बजेट विनियोजन भएकोमा १ लाख ५९ हजार च्याउको बिउ खरीदमा खर्च गरीएको र बाकि रहेको २ लाख ४१ हजार र पालिकाको २ लाख ४१ हजार जम्मा किसानको गरी कुल ४ लाख ८२ हजारको तरकारीको बिउ वितरण गरीएको हो ।
गाउँपालिकाले एक हप्ताको सुचना आह्वानगरी ५४ वटा समुहरुबाट माग निबेदन भएबमोजिम बोडि ३ वटा आइटम काक्रा ३ वटा आइटम खुर्सानी, भाण्टा, फर्सि , करेलालगायतका ८ प्रकारका तरकारीका बिउ वितरण गरीएको कृषि साखा प्रमुख शरुभुषालले जानकारीदिइन ।
तरकारीको बिउ वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो गाउँपालिकाभित्रका किसानको आर्थिक वृद्धिगरी किसानको आर्थिकस्तर उकास्न आफुहरु लागिपरेको बताए । हाइब्रीड जातको बिउ अल्लि महङ्गो हुनेहुदा किसानहरुलाई खरीद गर्न केहि सहजहोस र थोरै रकमले उन्न्त र हाइब्रीड जातका तरकारी उत्पादनमा टेवा पुगोस भन्ने उदेश्यले आफुहरुले बजेट विनियोजन गरेको अध्यक्ष गिरीले बताए ।
अर्को प्रसङ्गमा अध्यक्ष गिरीले किसानहरुलाई सहजहोस भन्ने उदेश्यले साविक गोल्टाकुरी र श्रीगाउँबाट कृषि र पशुसेवा समेत सुचारु गरीएको जानकारी दिदै ठाउँ ठाउँमा तरकारी संकलनकेन्द्र समेत संचालनमा ल्याएको अध्यक्ष गिरीले बताए ।
बिउ वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालिको उपस्थितिमा गरीएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका कृषि साखा सहायक मान बहादुर डाँगीले गरेकाथिए ।



लाइभदाङ । १६ पुष २०८१, मंगलवार १९:३३ बजे