प्रदेश स्तरिय प्रदर्शनीमा स्थानीय उत्पादनलाई निःशुल्क स्टल

घोराही, २९ माघ ।
यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री पर्दशनीकालागी निःशूल्क स्टलहरु उपलब्ध गराईने भएको छ ।

नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री, कृषी सामाग्री, हस्तकला सामाग्रीहरुको प्रदर्शनीकालागी निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

सम्बन्धीत जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराईने र जसकालागी महोत्सवमा एक सय स्टलहरु कृषी, लघु तथा घरेलु उद्योगहरुकालागी छुट्याईएको स्टल निर्माण तथा व्यवस्थापन उपसमितिका संयोजक सीता मल्लले जानकारी दिनुभयो ।


कृषी प्रदर्शनी प्रतियोगीता हुने
‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा स्थानीय कृषकहरुले उत्पादन गरेको कृषी सामाग्रीको प्रदर्शनी प्रतियोगीता हुने भएको छ । कृषी ज्ञान केन्द्र घोराहीसँगको समन्वयमा कृषी सामाग्री प्रदर्शनीको प्रतियोगीता हुने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

जसमा प्रथम, दृतिय, तृतिय र सान्त्वना हुने कृषहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई ४ हजार, दृतिय हुनेलाई ३ हजार, तृतिय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगद रुपैया प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उदोगहरुले उत्पादन गरेकावसतुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवा पु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स.स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।