
दाङ
३ माघ / ठगीको आरोपमा गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ का निवासी ४० वर्षीय पुनलाई अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो ।
काठमाडौंको उनलाई सोमबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दाङमा ल्याउने तयारी भइरहेको छ । डीआईजी धिरजप्रताप सिंहका अनुसार कपिलवस्तुको वाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
राप्ती नदीमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवाको काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
खोलामा लगानी गर्न कालागि तिलकलाई उत्साहित गराउँदै विकासले गएको वैशाख २६ गते सापटी मागेको प्रहरीले बताएको छ । साथै विकासविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । उनी पछिल्लो समय काठमाडौं बस्दै आएका थिए ।



लाइभदाङ । ३ माघ २०७८, सोमबार १५:५३ बजे