मास्कीको पहलमा बबईमा कोल्डस्टोरकालागि बजेट आउँदै

दाङ,५ वैशाख । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्की(राजेश)को पहलमा दाङको बबईमा कोल्डस्टोरकालागि बजेट आउने भएको छ ।

आगामी आर्थिक बर्ष २०८०/०८१ मा राष्ट्रिय योजना आयोगको बिशेष अनुदान अन्तर्गत कोल्ड स्टोरकालागि बजेट आउन लागेको हो ।‘राष्ट्रिय योजना आयोग मार्फत कोल्ड स्टोरकालागि बजेट आउँदैछ’,उनले भने‘यसले पश्चिम दाङमा कृषि क्षेत्रमा ठूला सहयोग पुग्छ ।’

पश्चिम क्षेत्रमा कृषि उत्पादनका हिसाबले उत्तम क्षेत्र भएपनि उत्पादित बस्तु भण्डारण गर्ने ठाउँ नहुँदा किसान मारमा परेका थिए । तर, अब त्यो समस्या हटाउनकालागि कोल्डस्टोर निर्माण गर्नकालागि पहलकदमी अगाडी बढाएको सांसद मास्कीको भनाई छ । त्यसकालागि डेढ करोड बढि बजेट आउने उनको भनाई थियो ।


त्यस्तै मास्कीकै पहलमा धागे छहराको सडक स्तरोन्नती, दंगीशरण गाउँपालिका वडा नं.३ मा विजुलीपुर सिंचाई योजनाकालागि समेत बजेट आउन लागेको छ ।