जनयुद्धमा दुबै आँखा गुमाएका लालबहादुरको श्रीमति क्यान्सरसंग लड्दै, आर्थिक अभाब

तुलसीपुर, १८ साउन । जनयुद्धमा दुबै आँखा गुमाएका दाङ तुलसीपुर उपमहानगरपालिका १६ भलै निवासी लालबहादुर वलीको श्रीमति जीवन–मरणको दोसाँधमा छिन् ।

प्रहरीको करेन्टले वलीले दुबै आँखा गुमाएपछि उनको शाहारा श्रीमति शान्ता वली थिइँन । तर, उनै शान्ता पनि अहिले आफै पेटमा क्यान्सर हुँदा थलिएकी छन् । उनको शुसिल कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ । आर्थिक अभाब हुँदा उपचारमा समस्या छ । घरमा १७ बर्षको छोरा छ । शान्ता नै विरामी परेपछि अहिले उनीहरु शाहारा विहीन भएका छन् ।

आर्थिक अबस्था कम्जोर भएकै कारण उपचार पनि सम्भव भएको छैन ।‘शान्ता लालबहादुरका दुबै आँखा गुमेपछि स्याहार सुसार गर्न भनि विहे गर्नुभएको हो’, जानकार बालिका बुढाथोकी भन्छिन्‘तर, अहिले उहाँ आफै यसरी विरामी पर्दा उहाँहरु वेसाहारा हुनुभएको छ ।’ अहिलेसम्म उपचारकै क्रममा १२ लाख जति खर्च भइसकेको छ, भने अझै १८ लाख लाग्ने अनुमान चिकित्सकहरुले गरेका छन् । सोही अनुसार रकम जम्मा गर्न भनेको बुढाथोकीले बताईन् ।


एक महिना अघि उनमा क्यान्सर भएको पत्ता लागेको थियो । श्रीमानको २०६० सालमा कपिलबस्तुमा करेन्ट लगाउँदा आँखा गुमाउनु परेको थियो । श्रीमान नै दृष्टिविहीन भएपछि आम्दानीको पनि कुनै स्रोत नभएकाले उपचारकालागि सहयोगकालागि सबैमा अनुरोध पनि गरिएको छ ।

त्यसकालागि नेपाल बैंक लिमिटेड तुलसीपुर शाखामा लालबहादुर वलीको नाममा रहेको ०७४०१०००७२०२५६०००००१ मा जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ । साथै मोवाईल नम्बर ९८६०२०३६२१ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।