दाङकाे तुलसीपुर कारागारबाट भागेका ४० कैदी पुन: पक्राउ

दीपक बाेहरा
तुलसीपुर, २५ भदाै  । दाङको तुलसीपुर कारागारबाट भागेका ४० जना कैदीलाई पुनः पक्राउ गरिएको छ। नेपाली सेनाको सहयोगमा ती कैदीहरूलाई पक्राउ गरिएकाे कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले बताउनुभयो।

बुधबार बिहान मात्रै २५३ कैदी भागेका हुन् | तीमध्ये ४० जनालाई पक्राउ गरिएको हाे ।


बुधबार भागेका मध्ये १२९ जना र मंगलबार भागेका १२४ गरी २५३ जना अझै फरार रहेको उहाँले बताउनुभयो। भाग्नेहरू सबै पुरुष कैदी रहेका छन्। कारागारमा जम्मा ४६९ कैदी हुन् तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् ।

कैदीहरूले आफैँ तोडफोड गरी भागेका हुन्। सेनाले हवाई फायर गर्दा गर्दै पनि उनीहरू भाग्न सफल भएका हुन्। बिहान साढे बजेतिर उनीहरू भागेका हुन्।