तुलसीपुर सुनचाँदी ब्यबसायी संघको पदभार ग्रहण

तुलसीपुर ११ फागुन । तुलसीपुर सुनचाँदी ब्यबसायी संघको नयाँ कार्यसमितिले शनिबार पदभार ग्रहण गरेका छन् । शनिबार तुलसीपुरमा कार्यक्रम गरि नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो ।

गएको ३ फागुनमा सर्वसम्मत रुपमा हरिकृष्ण बिकको नेतृत्वमा १६ सदस्य नयाँ कार्य समिति चयन गरिएको थियो । जसको उपाध्यक्षमा मनोज शाह र पुष्कर सुनार, महासचिवमा तुलसीराम सुनार, कोषाध्यक्षमा लोकेन्द्र वली( लिलाबहादुर वली),सचिवमा मोहनलाल कामी र सहकोषाध्यक्षमा कोमल डिसी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हिरालाल सुनार, जनककुमार शेर्पाइली, मोहन बिक, पर्शुराम सुनार, भुपेन्द्र सुनार, शान्ताकुमारी बिक, शुष्मा बिक, पूजा रसाइली र मनिषा शाह रहेका छन् । त्यस्तै समितिको मानार्थ सदस्यमा मदन केसीलाई चयन गरिएको छ ।


नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक मधुसुधन गौतमले पद तथा गोपनियाताको सफत गराएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष मोहन सुनारले ब्यबसायिक एकता आबश्यक रहेको बताएका थिए । ब्यबसाय गर्दा निकै चुनौति हुने गरेको भन्दै ति चुनौति पूरा गर्न राज्यले पहल गर्नुपर्ने बताए ।

कार्यक्रमलाई महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि दियाली, केन्द्रीय कोषाध्यक्ष सुदीप श्रेष्ठ, लुम्बिनीका अध्यक्ष धुर्वराज गहतराज, सुदुरपश्चिम अध्यक्ष सञ्तोष लामिछाने, दलित नेता जोगेन्द्र बिश्वकर्मा, दलित अधिकारकर्मी निर्मल नेपाली लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रकमको सहजीकरण संघका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गरेका थिए ।