
तुलसीपुर, २१ असोज ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय तुलसीपुरले आगामी दसैँको उपलक्ष्यमा सर्वसाधारणका लागि आज मात्र नयाँ तथा सुकिला नोट वितरण गर्ने छ ।
बैकले आज मात्रै प्रतिव्यक्ति अधिकतम रु. १८,५०० सम्म साट्न पाइने सीमा तोकिएको छ। नयाँ नोट साट्न चाहने सेवाग्राहीहरूले नगद वा सोही बैंकको चेक भुक्तानी मार्फत यो सुविधा प्राप्त गर्न सक्नेछन् ।



लाइभदाङ । २१ आश्विन २०८३, बुधबार ०७:२१ बजे