विद्यालयलाई हिटर सहयोग

तुलसीपुर, २० पुस ।
चिसोका कारण विद्यार्थीहरूको पठनपाठनको समस्या भएपछि तुलसीपुर ५ पातुखोला स्थित ज्ञान ज्योति आधारभूत विद्यालयलाई हिटर सहयोग गरिएको छ ।

तुलसीपुर निवासी यज्ञ केसीले केसीले ३ पिस हिटर सहयोग गरेका हुन्, भने तुलसीपुर उपमहानगरपालिका पञ्जिकरण शाखा प्रमुख यमनारायण सापकोटाले २ पिस हिटर सहयोग गरेका हुन् ।


तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलको समन्वयमा यसरी हिटर सहयोग गरिएको हो । हिटर प्राप्त भएपछि विद्यार्थीहरुलाई पठनपाठनमा समस्या नहुँने विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी परियार, पूर्व अध्यक्ष हरिबहादुर बिकसहितको सहभागितामा हिटर सहयोग गरिएको हो ।