राप्ती गापा–९ मा माओवादी विजयी

दाङ
३१ बैशाख / दाङमा माओवादी केन्द्रले वडामा विजयी सुरुवात गरेको छ ।

राप्ती गाउँपालिका वडा नं. ९ मा माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । जम्मा ७१४ मत खसेकोमा मगरले ३५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका रमेश चुहानएकसय ९८ मत प्राप्त गरेका थिए ।


उनी यस अघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका छन् ।