कोरोना संक्रमित बढेपछि तुलसीपुरमा विद्यालय बन्द

दाङ
२३ पुस / शिक्षक र विद्यार्थीहरुमा दिनप्रतिदिन कोरोना संक्रमण देखिन थालेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको शुक्रबार बसेको बैठकले उपमहानगरपालिका भित्रका सबै विद्यालय पुस २५ देखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।


तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरका ५ विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । तुलसीपुरमा ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालय रहेका छन् ।