
दाङ,२९ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दाङका किरण किशोर घिमिरे केन्द्रीय सदस्य (खुला तर्फ) मा निर्वाचित भएका छन्।
घिमिरे दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका थिए। उनी महासमिति सदस्यसमेत हुन्।
घिमिरेले यसअघि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा समेत प्रतिस्पर्धा गरेका थिए। कांग्रेसको राजनीतिमा सक्रिय घिमिरेको केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई दाङको राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।



लाइभदाङ । २९ आश्विन २०८३, बिहीबार २१:०० बजे