
दीपक बोहरा
दाङ, २९ असोज ।
दाङको तुलसीपुर स्थित डेरि उद्योग र किराना पसलमा अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विहीबार अनुगमनकासाथै डेरि उद्योगबाट घ्यूको नमूना समेत संकलन गरिएको थियो । उक्त घ्यूको ल्याब परीक्षण गरिने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताए ।
हाम्रो पहुँच डेरीमा नौनीमा किरा र छुर्पीमा माकुराको जालो
दाङको तुलसीपुर स्थित हाम्रो पहुँच डेरिको नौनीमा किरा भेटिएको थियो । अनुगमनका क्रममा घ्यू बनाउनकालागि तयारी अबस्थामा राखिएको नौनीमा साङ्ला मरेको भेटिएको थियो । त्यसरी साङ्ला भेटिएपछि उक्त नौनी जफत गरि नष्ट गरिएको थियो ।
त्यस्तै डेरिले बनाएको छुप्रीमा ढुसी समेत लागेको थियो, भने माकुराको जालो समेत थियो । त्यस्तो साढे २ किलो छुप्री समेत नष्ट गरिएको थियो । हाम्रो पहुँच डेरिमा यस अघि पनि ढुसी लागेका दुघ्धजन्य पदार्थ भेटिएका थियो । ति पदार्थलाई अनुगमन टोलीले बरामद गरेको थियो ।
राम्रा डेरीले पाए धन्यवाद
अनुगमनका क्रममा तुलसीपुरको आमा डेरि, त्रिवेनी डेरि,न्यू पशुपति डेरिको समेत अनुगमन गरिएको थियो । उक्त अनुगमनका क्रममा त्रिवेनी र पशुपति डेरिले राम्रो गरेको भन्दै धन्यवाद पाएका थिए । राम्रो गर्नेहरुलाई धन्यवाद समेत दिने गरिएको बरालले बताए । यसले अन्य डेरिहरुलाई समेत हौसला मिल्ने र राम्रो गर्न खोज्ने उनले बताए ।
लेवल नभएको पानी
अनुगमनका क्रममा दाङको तुलसीपुरको मनदआश्रित चोकको न्यू बुद्ध किराना पसलबाट लेवल नभएको पानीलाई नष्ट गरिएको थियो । बजारमा जारको पानी लेवलविनानै बेच्न राखिएको थियो । त्यसरी लेवल बिनाको पानी बेच्न नमिल्ने भएकाले बरामद गरिएको थियो ।
त्यस्तै बञ्जाडे मिलबाट रङ हालिएका पास्ता बरामद गरिएको थियो, भने भुषाल किराना पसलबाट किरा लागेको दाल बरामद गरि नष्ट गरिएको थियो । त्यस्तै नायक मार्टमा पसल नबिकरण गर्नुपर्ने सुझाब दिइएको थियो । अनुगमनमा तुलसीपुर उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख राजु श्रेष्ठ, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसी, करिष्ठ प्रशासन सहायक खेमकान्त पाण्डे, इलाका प्रशासन कार्यालय तुलसीपुरका हुमलाल न्यौपानेलगायतको सहभागितामा अनुगमन गरिएको थियो ।
तुलसीपुरमा पछिल्लो समय नियमित बजार अनुगमन हुने गरेको छ । पछिल्लो समय उपभोक्ताबाट आएको गुनासोका आधारमा पनि अनुगमन हुने गरेको छ ।



लाइभदाङ । २९ आश्विन २०८३, बिहीबार २१:४३ बजे