युवाको रोजगारका लागि मेरो उम्मेदवारी : दिपक गिरी

तुलसीपुर, २३ असोज ।
गठबन्धनको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. ३ को संघिय प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक गिरीले आफ्नो उम्मेदवार युवाको रोजगारका लागि भएको बताउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा मनोनय दर्ता गराउन पुग्नु भएका गिरीले प्रत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै युवाहरुलाई जसरी भएपनि रोजगारी दिलाउने बताउनुभयो ।

               

राष्ट्र, राष्ट्रियता र दाङको समृद्ध विकासका लागि गठबन्धनको आवश्यक रहेको बताउँदै उम्मेदवार गिरीले वृहत सिंचाई योजना दाङमा ल्याएर आफुले ठूलो काम गरेको बताउनुभयो ।


नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका गिरी निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली चौधरी, ३ (ख) का उम्मेदवार धनबहादुर मास्की राजेश सहित गिरी कार्यालयमा पुग्नु भएको थियो ।