घोराहीमा दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा आगलागी

दाङ,२९ असोज ।
घोराही उपमहानगरपालिका–१५ स्थित बुद्ध अस्पताल चोकमा दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार करिब साढे ६ बजेतिर बुद्ध अस्पताल नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ।


आगलागीका कारण मोटरसाइकलको नम्बर पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।