तुलसीपुरमा नवजात शिशु मृत अवस्थामा फेला

तुलसीपुर, २९ भदौ ।
दाङको तुलसीपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । शुक्रबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित कुलोमा (नालसहितको महिना पुगेको शिशु) नवजात शिशु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।


उक्त शिशुको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । शिशु कसले र किन फालेको हो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।