
तुलसीपुर, ३१ असोज ।
श्रम संस्कृति पार्टी नेपाल, तुलसीपुर नगर कमिटीको अध्यक्षमा ईश्वरी प्रसाद गैरेलाई चयन गरिएको छ । उनी केही दिन अघि मात्रै सोही पार्टीमा प्रवेश गरेका हुन् ।
नवनिर्वाचित कमिटीको उपाध्यक्ष पदमा गणेश बहादुर घर्ती र गीता कुमारी डाँगीलाई चयन गरिएको छ भने सचिवमा मान बहादुर घर्ती र कोषाध्यक्षमा भीमकान्त कामीलाई चयन गरिएको छ ।
सदस्यहरूमा ओम बहादुर सार्की, गणेश छन्त्याल, चुडामणि बिक, करण घर्ती, कल्पना पुन, दिपेन्द्र छन्त्याल, हरि बहादुर ओली, डेविड बिक, प्रेम बहादुर सार्की, नर्सिङ पुन, धन बहादुर पुन, प्रदीप रोका मगर, जंग बहादुर घर्ती, हरि परियार, जीवन चौधरी, सिर्जना ठकुरी र प्रकाश बिक रहेका छन् ।



लाइभदाङ । १ कार्तिक २०८३, शनिबार ०८:३१ बजे