
दाङ, २९ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दाङका नेता योगेन्द्र चौधरी पार्टीको सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। चौधरी यसअघि दाङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। कांग्रेसको केन्द्रीय सदस्य भएर समेत काम गरिसकेका चौधरी पार्टीको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका चौधरी त्यहाँबाट पनि सहमहामन्त्री पदमा निर्वाचित भएका थिए। त्यसपछि १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पुनः सहमहामन्त्रीमा निर्वाचित भएसँगै पार्टीको केन्द्रीय नेतृत्वमा उनको निरन्तरता कायम भएको छ।
कांग्रेसको संगठन निर्माण तथा पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका चौधरीको पुनः सहमहामन्त्रीमा निर्वाचित हुनुलाई दाङका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।



लाइभदाङ । २९ आश्विन २०८३, बिहीबार २२:२७ बजे