दाङ
९ चैत / दाङमा आफ्नै साहुसंग फिरौति रकम माग्ने एक ब्यक्तीलाई पक्राउ गरिएको छ । रुकुम पश्चिम बाँफीकोट गाउँपालिका वडा नं. ९ घर भई हाल तुलसीपुर ४ नयाँ बस्ती बस्दै आएका २४ बर्षीय जनक देवकोटाले आफै अपहरण परेको नाटक गरि ५० लाख फिरौति रकम मागेको भन्दै पक्राउ गरि सार्वजनिक गरिएको छ । उनलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
देवकोटाले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँबस्ती निवासी हरीप्रसाद रिजालको ड्रागनफ्रुट कृषि फर्मममा काम गर्दै आएका थिए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका रिजालको फर्ममा काम गर्दै आएका देवकोटाले बिभिन्न नाटकीय शैली अपनाएर साहु रिजालसगै फिरौति रकम मागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए । उनले राति रिजालको मोवाईलमा म्यासेज गरि ५० लाख मागेका थिए । देवकोटालाई अरु कसैले नै अपहरण गरेको जस्तो गराएर रिजालसंग उक्त रकम माग गरेका थिए । यदि पैसा नदिए देवकोलाई नै सिध्याईदिने भनि म्यासेज गरेका थिए ।
यस्तो छ घटना….
देबकोटाले फागुन २७ गते नयाँबस्ति स्थित खालीज जग्गामा बम जस्तो बस्तु राखे । राति साढे ७ बजेतिर प्लाष्टिकको पाईपलाइ कालो टेपले बेटारेर राखेका थिए । जुन बस्तु बम जस्तो बस्तु देखिन्थ्यो । उक्त बस्तुलाई प्रहरी र नेपाली सेनाको टोलीले फागुन २८ गते विहान साढे ९ बजेतिर निष्क्रिय पा¥यो । त्यसको दुई दिन पछि फागुन ३० गते देवकोटाले रिजालको कृषि फर्मको गेटमा एमसीसी विरोधी धम्कीपूर्ण भाषाको पत्र लेखेका थिए । रिजाल स्वयं र उनी आबद्ध पार्टी एमसीसीको पक्षमा रहेको भन्दै त्यसको फाइदा उठाउने उद्देश्यले उनले गेटमा पत्र लेखेको फेला परेको थियो । उनले अंग्रेजीमा उक्त पत्र लेखेका थिए ।
सृङ्खलाबद्ध रुपमा घटनाक्रम विकसित हुने क्रममा चैत ६ गते उनी आफै अपहरण परेको नाटक गरे । आफू अपहरण परेको भन्दै रिजालसंग ५० लाख माग गरेको सन्देश पठाएका थिए । उनी चैत ६ गते तुलसीपुर बजार जान्छु भनि हिडेका थिए । त्यही दिन अपरान्ह ४ बजेतिर उनकी श्रीमति २१ बर्षीया पबित्रा देवकोटाको मोवाईलमा‘तपाईको बुढा हामीसंग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौं, हजुर आफू सुरक्षित ठाउँमा जानु होस्, हामी हजुरको बुढोलाई केही गर्दैनौं, हामीले हरीप्रसाद रिजालसंग बदला लिनु छ’ भन्ने म्यासेज पठाएका थिए । त्यसपछि देवकोटा सम्पर्क विहीन बने । त्यही क्रममा श्रीमति पबित्राले साँझ साढे ६ बजेतिर ईप्रका तुलसीपुरमा खबर गरिन ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले खोजतलास गर्दा चैत ८ गते विहान ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ अमिलियाको जंगलबाट फेला पारिएको थियो । सम्पर्क विहीन बनेको दिन राति उनी नेपालगञ्ज बसे । त्यसपछि अर्को दिन उनी अमिलियाको जंगलमा आएर बसेका थिए । उनीविरुद्ध विष्फोटक पदार्थ सम्बन्धि कसुर र झठ्ठा अफवाह फैलाउन नहुँने कसुरमा मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० अनुसार (झुठ्ठा अफबाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम(कृतिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुँने कसुरमा अनुसन्धान भइरहेको छ ।
लाइभदाङ । ९ चैत्र २०७८, बुधबार १७:५५ बजे