काठमाडौंको जस्ता अस्पतालका उपकरण तुलसीपुरमै छन्ः हरि रिजाल

तुलसीपुर, ३१ असोज ।
दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिले काठमाडौँ तथा विदेशका ठूला सहरहरूमा उपलब्ध हुने सरहको अत्याधुनिक र गुणस्तरीय क्रिटिकल केयर तथा शल्यक्रिया सेवा उपलब्ध गराइरहेको बताएको छ । व्यावसायिक नाफाभन्दा नागरिकप्रतिको सामाजिक उत्तरदायित्व, उत्तरदायित्वपूर्ण नेतृत्व र पेशागत नैतिकतालाई प्राथमिकतामा राखेर अस्पताल सञ्चालन गरिएको बताउँदै अध्यक्ष हरि रिजालले नागरिकलाई उपचारकै लागि काठमाडौँ वा बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य गर्न संस्था निरन्तर लागिपरेको बताएका छन्।

काठमाडौँका ग्राण्डी र मेडसिटी जस्ता प्रतिष्ठित अस्पतालहरूमा प्रयोग हुने अमेरिकाको प्रसिद्ध अत्याधुनिक भेन्टिलेटर तथा प्रविधिहरू तुलसीपुरस्थित यसै अस्पतालमा भित्र्याइएको बताए । राजधानीकै शीर्ष अस्पतालहरूसँग तुलना गर्न सकिने दक्ष चिकित्सक, विशेषज्ञ जनशक्ति र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका दुईवटा मोडुलर अपरेसन थिएटर मार्फत जटिल शल्यक्रिया तथा क्रिटिकल केयर सेवा प्रदान गरिँदै आएको उनको भनाइ छ ।

राजधानी काठमाडौँ वा भारतको दिल्ली जस्ता ठूला सहरका सुविधायुक्त अस्पतालहरूमा दैनिक ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने उच्चस्तरीय आइसियु तथा भेन्टिलेटर सेवा राप्ती लाइफ केयरमा भने अत्यन्त सुलभ दरमा उपलब्ध गराइएको उनले बताए । अस्पतालमा भेन्टिलेटर बिनाको आइसियु सेवा दैनिक ७ हजार ५सय रुपैयाँ र भेन्टिलेटरसहितको सम्पूर्ण क्रिटिकल सेवा अधिकतम १२ हजार देखि १५ हजार रुपैयाँ सम्ममा प्राप्त गर्न सकिन्छ।


अन्तर्राष्ट्रिय मापदण्डको ओटी र आइसियु सेवा
अस्पतालले यस क्षेत्रमै पहिलोपटक १० बेडको आइसियु सेवा सुरु गरेको अध्यक्ष रिजालको दावी छ । तीन बर्ष अघि नै उक्त सेवा सुरु गरेको उनले बताए । हाल ५० बेडको क्षमतामा सञ्चालित यस अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका दुईवटा अत्याधुनिक मोडुलर ओटी निर्माण गरी जटिल शल्यक्रिया तथा क्रिटिकल केयर सेवा प्रदान गरिँदै आएको छ। परम्परागत वा असुरक्षित तरिकाले गरिने शल्यक्रियाको शैलीलाई तोड्दै पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको उनको दावी छ ।

नयाँ सेवा थप्ने तयारी
अस्पतालले आगामी ६ महिनादेखि १ वर्षभित्र अत्याधुनिक नयाँ प्रविधिको सिटी स्क्यान ९इमर्जेन्सी तथा प्राइभेट डायलाइसिस, डेन्टल र फिजियोथेरापी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। यसका साथै, मन्त्रालयमा ५ वर्षअघि नै प्रक्रिया अघि बढाइसकिएको र सरकारी नीति सहज हुनासाथ बि।एस्सी। नर्सिङ, बिएन, बि।फार्मेसी र बिपिएच जस्ता स्नातक तहका स्वास्थ्य शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गर्ने योजना अस्पतालको रहेको छ।