दंगीशरण ६ मा तिज विशेष कार्यक्रम

तुलसीपुर, ४ भदौ । दंगीशरण गाउँपालिका वडा नं.६ मा तिज मिलन कार्यक्रम भएको छ ।

वडाको आयोजना तथा दंगीशरण गाउँपालिका एवं समृद्ध समाजको आर्थिक सहयोगमा कार्यक्रम भएको हो, भने जसको सहजीकरण जनविकास मुल समितिले गरेको थियो ।

वडाका कार्यबहाक अध्यक्ष टंकी भण्डारीको अध्यक्षता तथा पूर्व जिल्ला विकास समिति सदस्य केशव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस क्रममा तिजको संस्कार र संस्कृति जोगाउने खालका नाच प्रस्तुत भएको वडाध्यक्ष जंगबहादुर शाहले बताए ।