सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

तुलसिपुर, २६ असार ।

तुलसिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको इकाइगत सिष्टम प्रणालीअन्तर्गत परिषद् संयोजक तथा सदस्यहरुलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक प्रदीप धितालको अध्यक्षता एवम् नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रमुख अतिथि खड्काले कार्यपालिकाबाटै चुन ढुङ्गा उत्खनन अनुमति नदिने निर्णय गरेको बताउनुभयो । उत्खननका कारण वन जङ्गलको क्षति, पानीको स्रोत बन्द रहने बताउनुभयो । खड्काले खानेपानी, सिचाइ, वातावरणमा क्षति पुग्ने भएकाले उत्खनन गर्न नदिइने बताउनुभयो । उहाँले सह लगानी मार्फत् खानेपानी बाह्रै महिना उपभोक्ताहरु समक्ष पानी पुगाइने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त भण्डारीले मुहान क्षेत्रको चुन ढुङ्गा उत्खननमा रोक लगाउन आग्रह गर्नुभएको थियोे । पार्षद नोखि रावत लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सेवकराम भण्डारीले गर्नुभएको थियो ।