तुलसीपुरका ५ वटा वडा बालश्रम मुक्त 

तुलसीपुर, ८ जेठ ।
दाङ तुलसीपुर उपमहानगरपालिका ५ वटा वडा बालश्रम मुक्त भएका छन् । १९ वटा वडा मध्ये ५ वटा वडा बालश्रम मुक्त भइसकेको उपमहानगरपालिका सामाजिक विकास  शाखा प्रमुख माया श्रेष्ठले बताए ।
“पाँच वटा वडा बालश्रम मुक्त भइसकेका छन्”,उनले भने “अन्य वडा पनि बालश्रम मुक्त हुन तयारी अवस्थामा छन् ।” उनका अनुसार वडा नं.१,२, ६, १६ र १८ नम्बर वडा बालश्रम मुक्त भइसकेका छन् ।
अबको केही समयमा वडा नं. १७ लाई पनि बालमैत्री बनाउन लागिएको छ । साथै उपमहानगर–पालिकालाई बालमैत्री नगर निर्माणका लागि समेत कार्यक्रम अगाडी बढिरहेको उनको भनाई छ ।
उनका अनुसार पालिकालाई नै बालमैत्री नगर निर्माणकालागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्छ । ति सूचक पूरा गर्नकालागि कार्य भइरहेको छ । बालमैत्री घोषणा भएका वडामा पनि बालश्रमिक भेटिएमा तत्काल उद्दार गर्ने संयन्त्र समेत रहेको उनले बताए । त्यसकालागि सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था, विद्यालयलगायतलाई जिम्मा दिइएको छ ।