राष्ट्रपति रनिङ शिल्डको उपाधी तुलसीपुर उपमहानगरपालिकालाई

लक्ष्मण बस्नेत
दाङ, १८ जेठ ।
दाङ जिल्ला अन्तरपालिका स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी तुलसीपुर उपमहानगरपालिकाले जितेको छ ।

दाङ जिल्ला खेलकुद विकास समिति बेल्झुन्डिको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको तत्तावधानमा बेल्झुन्डी रंगशालामा सनिवार सम्पन्न प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका ३३ स्वर्ण २१ रजत र २२ कास्य पदक का साथ कुल ७६ मेडल हात पार्दै रनिङ शिल्ड जित्न सफल भएको हो ।

साविक बिजेता घोराही उपमहानगरपालिका २०, स्वर्ण १६ रजत र १६ कास्य पदक सहित कुल ५२ पदकका साथ दोस्रो स्थानमा रहदा शान्तिनगर गाउँपालिका ४ स्वर्ण, ७ रजत र १४ कास्य पदक गरि जम्मा २५ पदकका साथ तेस्रो स्थान प्राप्त गर्न सफल भयो । त्यस्तै ३ स्वर्ण, १० रजत र ८ कास्य पदक हात पारेको राप्ती गाउँपालिका सान्त्वना भएको सचिवालय प्रमुख बालकृष्ण शाहले जानकारी दिनु भएकोछ ।

प्रतियोगितामा एथलेटिक्स छात्र तर्फ तुलसीपुर उपमहानगरपालिकाका जीवन परियार र छात्रा तर्फ घोराही उपमहानगरपालिकाका जेनिशा हमाल उत्कृष्ट खेलाडी भए ।भलिबल छात्रमा तुलसीपुरका निशान सुनार र छात्रामा घोराही उपमहानगरपालिकाका सर्मिला डागी, कराते छात्रमा तुलसिपुरका सम्राट पुनमगर र छात्रामा तुलसिपुरकै स्मृदी ती खत्री,कवड्डि छात्रमा तुलसिपुर उपमहानगरपालिकाका बिपिन कुमाल र छात्रामा घोराही उपमहानगरपालिकाका वर्षा जिएम उत्कृष्ट खेलाडी भए ।


त्यस्तै उसु थाओलु छात्र तर्फ शान्तिनगर गाउँपालिकाका एलन केसी, छात्रामा तुलसीपुर उपमहानगरपालिकाका सृजन बिक र सान्सौ छात्रमा तुलसीपुर उपमहानगरपालिकाका गणेश बुढा, छात्रामा तुलसीपुरकै खुसी थापा उत्कृष्ट खेलाडी घोषित भए ।

तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स,भलिबल, कबड्डी,तेक्वान्दो, कराते र उसु खेल बिधामा जिल्लाका दस स्थानिय पालिकाका खेलाडी बिच कडा प्रतिस्पर्धा भएको थियो । यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्य एवं प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिब तिरणदाज गौतमको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बिजेता पालिका,उत्कृष्ट खेलाडी,पदक बिजेता खेलाडीलाई शिल्ड,ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी,विशिष्ट अतिथी,प्रदेश खेलकुद परिषद लुम्बिनिका सदस्य द्वय मुक्ती प्रसाद न्यौपाने र कल्पना आचार्य, दाङ जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष हुकुम बहादुर बस्नेत लगाएतकाले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन राष्ट्रपति रनिङ शिल्ड प्रचार प्रसार उपसमितिका संयोजक लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।