‘प्रहरीको सई हुँ’भन्दै रातिराति धम्की दिने पक्राउ

दाङ
२० माघ / दाङमा ‘प्रहरीको सई हुँ’ भन्दै मान्छेलाई धम्काउने एक ब्यक्तीलाईपक्राउ गरिएको छ । सोमबार राति १० बजेतिर कोठा तर्फ जाँदै गरेको अबस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खडकालाई धम्काउएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही १७ करजाई निवासी २५ बर्षीय छ्याक्ने भन्ने अनिल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रा ४ प ६३३० नम्बरको मोटरसाईकलमा आएका दुई जना ब्यक्तीहरुले एक्कासी आएर पीडित दुबै जनालाई अपशब्द प्रयोग गरी हातपात समेत गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । उनीहरुले आफूहरु प्रहरीको सई भएको र खानतलासी गर्नुपर्छ भनी पिडितहरुको साथमा रहेको २ थान मोबाईल फोन र चारहजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।


उनलाई संकास्पद अबस्थामा फेला पारि बयान लिदा प्रहरीको सई भएको भनी आफूहरुले लुटपाट गरेको स्वीकार गरेको समेत रिजालले बताए । रिजालका अनुसार उनको साथबाट लुटिएको मोबाईल समेत बरामद गरिएको छ ।

दाङमा सृङ्खलाबद्ध रुपमा प्रहरी हुँ भन्दै धम्की दिने कार्य भइरहेको छ । यस अघि पनि घोराही उपमहानगरपालिका– १५ मालपोत कार्यालय नजिकैबाट ‘सई हुँ’भन्दै नागरिकलाई धम्की दिने स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो । उनले आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल लगी ठगी गरेका थिए ।