पाँच बर्षीया बालिका बलात्कारको आरोपमा तुलसीपुरका विक पक्राउ

तुलसीपुर
२१ मंसिर / पाँच बर्षीया बालिका बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुर निवासी २६ बर्षीय मोहन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार आज दिउसो बिकले बलात्कार गरेको भनि उजुरी परेकाले सोही आधारमा छानविनकालागि पक्राउ गरिएको हो ।


घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।