तुलसीपुरमा योग विज्ञान शिविर

दाङ, २४ वैशाख । दाङको तुलसीपुरमा तीन दिने योग शिविर भएको छ ।

२२ वैशाखदेखि बुधबारसम्म तीन दिन योग शिविर चलेको हो । महिला पतन्जली योग जिल्ला समिति दाङको आयोजनामा भएको योग शिविरमा केन्द्रीय प्रभारी पुज्या साध्वी देवादितिले तीन दिनसम्म योग विज्ञान प्रशिक्षण दिएकी थिइन ।

उक्त कार्यक्रम बुधबार सकिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले योग मानसिक, सारिरीक, सामाजिक तथा संवेगात्मक रुपमा पनि उत्तम भएको बताएका थिए ।


समितिका अध्यक्ष साहाना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला प्रभारी उदय बहादुर डाँगी, समितिका केन्द्रीय सदस्य हिरा अधिकारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष समीक्षा रिजालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सचिबः रामकुमारी मरासिनीले गरेकी थिइन ।
शिविरमा दाङ जिल्लाका बिभिन्न स्थानबाट सहभागि रहेको थियो ।