तुलसीपुर,१७ भदौ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पट्टु चौधरीले भ्रष्टाचार अन्त्य गर्न जनताको साथ चाहिएको बताएका छन् । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत दंगीशरण गाउँपालिका ५ को आयोजनामा भएको कार्यक्रममा चौधरीले अहिलेको सरकारले भ्रष्टाचार अन्त्य गर्न निकै ठूलो चुनौतिको सुरूवात गरुको भन्दै यसलाई सफल पार्न जनताको साथ चाहिने बताए ।
भ्रष्टाचारको जालो निकै ठूलो रहेको भन्दै यसकालागि सरकारले जनताको साथ मागेको बताए । कार्यक्रममा माओवादी नेता ज्योति चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उमा बस्नेतले गरेकी थिईन ।
लाइभदाङ । १७ भाद्र २०८०, आईतवार ११:०४ बजे