राप्तीका चार उत्कृष्ट व्यक्ति तथा संस्थालाई सिपी संस्थाद्वारा सम्मान

तुल बहादुर कवँर मगर
भालुबाङ, १ चैत।
राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसको अवसरमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ।

राप्ती गाउँपालिका सँगको सहकार्यमा ‘सहकार्य र उत्कृष्टताः कृषि, शिक्षा र उद्यमशीलतामा सम्मान कार्यक्रम’ अन्तर्गत वडा नम्बर ५ कालापानीका कृषक दीपक बुढा मगर, वडा नम्बर ८ पिपरीको लालीगुराँस साबुन तथा धूप उद्योग समूह, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका शिक्षक रविन चौधरी र सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका विद्यार्थी राजीव योगीलाई सम्मान गरिएको हो।


सम्मानित व्यक्ति तथा संस्थालाई प्रमाणपत्रसहित जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिएको संस्थाका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिनुभयो ।