अखिल क्रान्तिकारी दाङले प्राबिधिक शिक्षालयहरुमा १५ प्रतिशत छुट नदिएको भन्दै ध्यानाकर्षण गराउने

तुलसीपुर
२ पुस / नेकपा(माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी दाङले सिटिईभिटिद्वारा सञ्चालित प्राबिधिक शिक्षालयहरुमा १५ प्रतिशत छुट नदिएको पाईएकाले यस विषयमा अनुगमण गर्नुकासाथै ध्यानाकर्षण गराउने भएको छ ।

क्रान्तिकारीको शुक्रबार बसेको बैठकले १५ प्रतिशत छुट दिएकालािग पहल गर्ने निर्णय गरेको कोषाध्यक्ष हिरालाल वलीले जानकारी दिए । साथै क्याम्पस तथा माध्यमिक तहका विद्यालयहरुमा कक्षा तथा मुल ईकाई कमिटि गठन गर्ने समेत निर्णय गरेको छ । त्यस्तै आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गर्ने, स्थानीय तहका कमिटिहरुलाई कार्यकारी अधिकार दिनेलगायतका निर्णय गरेको छ ।


जिल्ला अध्यक्ष कल्यान अधिकारीको अध्यक्षता तथा पार्टीका जिल्ला संयोजक सुवास पुनको प्रमुख आतिथ्य एवं संगठनका केन्द्रीय सदस्य गोपाल घर्तीको बिशिष्ट आतिथ्यमा बैठक भएको हो ।