माओवादी केन्द्र तुलसीपुर ५ को अध्यक्षमा वली

तुलसीपुर
४ मंसिर / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) तुलसीपुर ५ को अध्यक्षमा वेदप्रसाद वलीलाई चयन गरिएको छ । शनिबार भएको वडा सम्मेलनले अध्यक्षमा वलीलाई चयन गरेको हो । जसको उपाध्यक्षमा तुलसीराम परियार, सचिबमा लोकेन्द्र खड्का,सहसचिबमा थलु पौडेल र कोषाध्यक्षमा पत्रिका बुढाथोकीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा गणेश डाँगी, तुलसीराम विक,सूर्यलाल कुँवर,कलिभान विक,पवित्रा केसी खड्का, सीता खत्री, दु्रपता डाँगी, सुकलाल दमाई, नारायण प्रसाद गुप्ता, तारक छिनाल, डिजन घर्ती मगर, दुर्गा विक, गोविन्द प्रसाद बस्याल, विरबहादुर मगर, रमेश वली, रुपेश विक, पवित्रा खत्री, हरीबहादुर थापा, दिवस परियार, मोलेन लाल कामी, भिमार्जुन पार्धे, खम्मे कामी, इन्द्रादेवी शर्मा, रुमा बोहरा, भिम नेपाली, कृष्ण परियाुरलाई चयन गरिएको छ ।

त्यस्तै नगरप्रतिनिध पनि छनोट गरिएको छ । जसमा दिपक बोहरा, प्रकाश वली, दुर्गा विक,भिष्मा भण्डारी, प्रकाश भण्डारी, कर्मदेवी विक, तिला चौधरी, मन्जु विक, माया पुन, ईन्दिरा साहु, अनिता गुरुङ, धनबहादुर बुढाक्षेत्री,कर्णबहादुर वली, अलबहादुर बाँठा, किसोर कुमार वली,हस्त केसी, सेतिराम विक,हरि पुन, केशर खड्का, रेजेन्द्र सेसठ, भिमबहादुर खत्री, विरबहादुर गिरी, ईन्द्रबहादुर बस्नेत, परशुराम पुन र पवि विक रहेका छन् ।


भेलालाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेशका बिभाग सदस्य प्रेमराज वली‘प्रभात’ले पार्टी नयाँ विधान अनुसार नयाँ नेतृत्व आएको बताए । उनले पार्टी अब नयाँ ढंगबाट अघि बढ्ने र देशकै ठूलो पार्टी बन्ने बताए ।

कार्यक्रममा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, जिल्ला कमिटि सदस्य चित्रबहादुर खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, अखिल क्रान्तिकारीका नेता दुर्गा विक, प्रकाश वली, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका लुम्बिनी प्रदेश संयोजक धनबहादुर बुढाक्षेत्री, पूर्व जनमुक्ती सेनाका कमान्डर भिमबहादुर केसी, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुरका अध्यक्ष शेरबहादुर वीसी, पार्टीका नगर कमिटि सदस्य दीपक वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सम्मेलनको सहजीकरणको दिपक बोहराले गरेका थिए ।