सरफ बनाउने तालिम सकियो

तुलसीपुर,१५ वैशाख । दलित कल्याण संघ दाङको आयोजना तथा घोराही उपमहानगरपालिका १० नारायणपुर दाङको आर्थिक सहयोगमा संचालित ३ दिने सरफ बनाउने तालीम सकिएको छ ।

सस्थाका अध्यक्ष नरसिंह बिस्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष दिपक पाण्डेको प्रमुख आथित्यतामा कार्यक्रम गरि तालिम समापन गरिएको हो ।


त्यस अवसरमा वडाध्यक्ष पाण्डेले सिकेको सीपलाई प्रयोग गरि आम्दानी गर्न सुझाब दिए । त्यस्तै वडा सदस्य केसरी बिस्वकर्मा,मनकलाल चौधरी र वडा सचिब गिर बहादुर सेजवाल, दलित मुक्ति अभियानका लुम्बिनी प्रदेश अध्यक्ष छवि परियार,जिल्ला अध्यक्ष धुर्ब शेर्पाईली,दलित सेवा संघ का सदस्य जानकी बिक तथा सहभागी सोभा बिक र ममता बिकले तालिम अत्यन्तै राम्रो र सफलता पुर्बक सम्पन्न भएको बताएका थिए ।
तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको थियोे । कार्यक्रमको सहजीकरण सस्थाका सचिव सन्तोष चनाराले गरेका थिए ।