माओवादीहरुको एकता कसैले रोक्न सक्दैन : विप्लव

दाङ, २९ माघ ।
नेपाल कम्युनिष्ट पार्टी(विप्वल)का महासचिब नेत्रविक्रम चन्द(विप्लव)ले माओवादीहरुको एकता कसैले पनि रोक्न नसक्ने बताएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं. ५ स्थित सहिद ऋषि–राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै एक हुने कुरामा कुनै शंका नगर्न समेत आग्रह गरे । “ एकताको कुरा सुन्न चहानु भएको छ, माओवादी एक हुन्छ, एक गर्नै पर्छ, एक बनाउनु पर्छ”,उनले भने “ एकतामा अल्मल्निे मात्रै हाईन, एक बनाएर जनताको भिबिष्य निर्माणमा अगाडी बढ्नु पर्छ । जनतामा खुसीयाली छाउने गरि एक हुनुपर्छ ।”

०६४ मा जनताले अवसर दिएपनि पार्टीका पनि कम्जोरी र केही अनुभवजन्य कुराले पनि काम गर्न नसकेको भन्दै विगतका कमजोरीहरुलाई सुधार गर्दै माओवादीहरु सच्चिएर अगाडी बढ्ने बेला आएको उनले बताए ।


उनले पार्टी भित्रको नेतृत्व रुपान्तरण गरेर जनतालाई विश्वास दिलाउने कार्य गर्नुपर्ने बताए । उनले माओवादी मात्रै नभई कम्युनिष्टहरु, समाजवादी शक्तिहरु एक भएमा ०८४ मा क्रान्तिकोलागि ठूलो अवसर हुने भन्दै यो कुरालाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

उनलवे अब पनि जनताको अबस्थामा सुधार गर्न नसकिएमा यसले भविष्यमा ठूलो रुप लिने भन्दै गम्भीर हुने बेला आएको समेत बताए । अहिले पनि नेपालको आधा सम्पति १० प्रतिशत ब्यक्तीमा मात्रै सीमित रहेको भन्दै समाजवादी मार्गमा अगाडी बढ्नु पर्ने विप्वलको भनाई छ ।