स्थायी सरकारले निजि क्षेत्रमा उत्साह

तुलसीपुर,२६ वैशाख । मुलुकमा स्थायी सरकार आएसंगै निजि क्षेत्र उत्साहित छन् ।

शनिबार तुलसीपुर उद्योग बाणिज्य संघको ३१ औं साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकमा नयाँ सरकारको गठनसँगै निजि क्षेत्रमा उत्साह थपिएको बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले निजि क्षेत्रलाई दुःख दिने थुप्रै कानुनहरु नयाँ सरकारले खारेज गरेको बताए ।

त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थायी सरकार हुँदा निजि क्षेत्रको लगानी सुरक्षित हुने बताए । उद्यपी हालको अमेरिका र इराको युद्धले भने असर गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उत्पादन गरेका चिजहरु सजिलैसंग बजारीकरण गर्न तर्फ ध्यान दिन नयाँ सरकार तत्पर हुनुपर्ने बताए । अर्र्थतन्त्र निर्माणकालागि उत्पादनसहित स्वरोजगारका क्षेत्रमा नयाँ सरकारले उचित नीति ल्याउनु पर्ने समेत उनको भनाई छ ।


आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले व्यबसायीहरुले करदाता शिक्षामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा महासचिव केशवराज केसीले संघको वार्षिक प्रगति र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।