नेकपा तुलसीपुर उपमहानगरपालिकाको सेक्रेटरीमा बिजय मल्ल निर्वाचित

तुलसीपुर, १२ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सम्मेलन हिजो शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।
नेकपा तुलसीपुरको दोस्रो सम्मेलनले बिजय मल्लको नेतृत्वमा २९ सदस्यीय उपमहानगर कमिटी निर्वाचित गरेको हो।

नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य ,युवा संगठन नेपालका केन्द्रीय सचीव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली,नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय,मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष सेबेन्द्र,युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम दाङ्की इन्चार्ज जिवनी,नेकपा दाङ जिल्ला कमिटी सदस्य अम्मर सिंह केसि,राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर रोका,अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला संयोजक रेखा रोका,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य निर्मला,नेकपा दाङ जिल्ला सदस्य धर्तीको आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो।


नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाशको अध्यक्षतामा सम्पन्न दोस्रो सम्मेलनको सहजीकरण नवनिर्वाचित सेक्रेटरी बिजय मल्लले गरेका थिए।