१३ देशका कलाकारको प्रस्तुतिसँगै सकियो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव

घोराही, २२  फागुन ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सोमवार सकिएको हो । नेपाल सहित १३ देशका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसँगै महोत्सवको समापन गरिएको छ ।

महोत्सवमा सोमवार नेपालको पद्मोदय मावि घोराहीको थारु नाच, झाँक्री नाच, बंगलाचुलीको भैलो भैलो, यूनिक महिला पञ्चेबाजा, नेवार सेवा समितिको लाखे नाच लगाएका प्रस्तुतिहरु राखिएको थियो । यस्तै अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायत १३ देशका कलाकारहरुले आफ्नो देशको कला संस्कृति झल्कने लोकनृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा सोमवार चन्द्र शर्मा, कमल गाउले, सरिता दान्कोटी, सविना थापा लगायतका कालाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रमपूर्व घोराहीमा सम्पूर्ण देशका कलाकारहरुसहित आफ्नो देशको कला संस्कृति झल्ने झाँकी सहित घोराहीमा सांस्कृतिक ¥याली हुने छ । बिहान साढे ८ बजे घोराही बहुश्यीय सभागृहबाट सुरु भई बालमन्दिर, दामोदर चोक, बैंक रोड, रेडियो स्वर्गद्धारी एफ.एम रोड, सहिद गेट भानु चोकमा पुगेर सांस्कृतिक ¥यालीको समापन गरिएको थियो ।

¥यालीमा कलश सहित पञ्चकन्या, महिला पञ्चेबाजा, थारु नाच, अन्तर्राष्ट्रिय कलाकारहरु एवं विभिन्न संघसंस्था तथा जातजातिको झाँकी सहितको सहभागिता रहेको थियो । ¥यालीमा सहभागी अन्तराष्ट्रिय कलाकारहरुलाई नेपाल सरकारका सञ्चार सुचना तथा प्रविधी मन्त्री रेखा शर्माले स्वागत गर्नुभएको थियो । अन्तर्राष्ट्रिय कलाकारहरुसहित भएको ¥यालीलाई बजारका विभिन्न स्थानमा व्यवसायी तथा टोल विकास संस्थाहरुले स्वागत गरेका थिए ।


एभरेष्ट नेपाल कल्चर ग्रुपसँगको समन्वयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको फागुन १८ गते लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राना)ले गर्नुभएको थियो । महोत्सव सफल बनाउनकालागी सहयोग गर्ने व्यक्ती तथा संघसंस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो ।

उवासंघद्धारा धन्यवाद ज्ञापन
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ देखी २१ गतेस्म्म आयोजना गरिएको१२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव ससफल पार्नकालागी सहयोग गर्ने सम्पूर्णमा दाङ जिल्ला उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ ।

संघका अध्यक्ष बसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीले सम्पूर्ण उद्योगी व्यवसायी, वस्तुगत समिति, व्यवसायिक संघसंगठन, संघ प्रदेश तथा स्थानीय सरकार, सम्पूर्ण उदोग वाणिज्य संघ, प्रशासन, प्रहरी, कलाकार पत्रकार, महोत्सवकालागी गठन भएका विभिन्न समिति तथा उपसमितिहरु, प्रायोजक, सहप्रायोजक, प्रयोजक लगायत महोत्सवमा सफल बनाउनकालागी सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।