कृषि प्रर्वद्धन गर्ने घोराही महोत्सवको उद्देश्य छ : पोख्रेल(अन्तरवार्ता)

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ प्रचारप्रसार उप–समितिका संयोजक  युवराज पोख्रेल संग महोत्सवका विषयमा केन्द्रित रहेर पत्रकार  अनिल अधिकारीले गरेको कुराकानी सारसंक्षेपमा ………….

स्वागत छ यहाँलाई !
धन्यवाद !
महोत्सव कहिलेदेखि कहिलेसम्म लगाउदै हुनुहुन्छ?
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ यहि फाल्गुन  २ गतेदखि १८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित झिंगौरा (रतनपुरचौक सामुन्ने) लाग्न गईरहेको छ ।
महोत्सवका मुख्य उद्देश्य के–के हुन्?
छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को मुख्य उद्देश्य कृषकले उत्पादन गरेका कृषिजन्यवस्तुको सहज बजारीकरण उत्पादित वस्तुको प्रर्वद्धन एवम् बजारीकरणमा टेवा पु¥याउनु, दाङ जिल्ला भित्र रहेका १० वटै स्थानीय निकायमा रहेका धार्मिक, ऐतिहासिक, पर्यटन, कृषि रितिरिवाज र परम्परा झल्कने स्टल राखिने र सो मार्फत आन्तरिक एवम् बाह्य पर्यटकलाई दाङ जिल्लाको परिचय गराउनु र जिल्लाको भ्रमण गराउनु यस महोत्सवका उद्देश्य हुन् । यी लगायत विद्यार्थी भाई बहिनीहरुका लागि बौदिक विकासका निम्ति वकृत्वकला  प्रतियोगिता, नृत्य, गायन प्रतियोगिता साथै खेलकुद प्रतियोगिता राख्दै उत्कृष्ट हुने भाई बहिनीहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । साथै १६ दिन सम्म चल्ने यस महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य भनेको साना, खुद्रा र सडक व्यापारीहरुलाई व्यापारमा अवसर दिईनु हो ।

महोत्सवका मुख्य आकर्षक के–के रहेका छन्?
छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को मुख्य आकर्षकको केन्द्रविन्दु नेपाल मै पहिलो पटक जलपरीको प्रर्दशन गर्दैछौं भने पश्चिम नेपालमै पहिलो पटक फिस टनेल समेत प्रर्दशनीका लागि राखेका छौं । स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्दै गायन र नृत्य प्रतियोगिताका लागि प्राथमिकतामा राखेका छौं भने राष्ट्रिय स्तरका कलाकारहरुबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने प्रमुख उद्देश्य रहेको छ । त्यसैगरी दर्शकका लागि पिङ, मौतका कुवाँ, सरकस, चिप्लेटी, फुड स्टल लगायतका मनोरञ्जनका सामग्री रहने समेत म यहाँहरुलाई जनकारी गराउन चाहन्छु ।

महोत्सवमा कति दर्शक उतार्ने सोचमा हुनुहुन्छ ?
बेग्लै र भिन्नै सोचबाट यस पटके महोत्सवको आयोजना गरिरहेका छौं । महोत्सवका विषयमा व्यापक प्रचारप्रसार गरिरहेका छौं । पूर्व कालाकाँटे देखि पश्चिम गंगटेसम्मका दाङवासी आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुको प्रमुख बजारको रुपमा परिचत घोराहीमा उल्लेखनीय सहभागिता रहने विश्वास हामीले लिएका छौं । यस पटकको महोत्सवमा कम्तीमा ५देखि ७ लाख दर्शक भित्र्याउने प्रयासमा दाङ जिल्ला उद्योग वाणिज्य संघ लागि परेको छ ।


वर्षेनी लाग्ने यस्ता महोत्सवले खासै उल्लेखनीय काम नगरेको भन्ने जन गुनासो छ, यस विषयमा तपाईको भनाई के छ?
विगतका दिनमाहरुमा कुन उद्देश्यका साथ र मेला महोत्सव लगाईयो त्यसको समिक्षा हुदै जाला विभिन्न सामाजिक संघ संस्थाहरुले पनि मेला महोत्सवको आयोजना गर्दै आएका छन् ।  उनीहरुका उद्देश्य के थिए त्यसको पनि समिक्षा हुदै जाला । दाङ जिल्लाको सबै भन्दा पुरानो व्यापारीक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले यस पटक मेलाको आयोजना गर्दैछ । यसको मुख्य उद्देश्य कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण, स्थानीय व्यवसायिलाई प्रोत्साहन गर्दै उत्पादित प्रर्वद्धन गरी बजारीकरणमा टेवा पु¥याउने रहेको छ । यसमा सबैको साथ सहयोगको आवश्यता पनि छ ।

महोत्सवमा सहभागी हुनुहुने दर्शकलाई केहि सन्देश छ ?
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ मा दाङ जिल्ला वासी आमाबुवा, दाजुभाई, दिदी बहिनीहरुलाई फल्गुन २ गते देखि सुरु हुन लागेको महोत्सवमा नेपाल मै पहिलो पटक जलपरी र फिस टनेल को अवलोकन गर्न अनुरोध गर्दै यहाँहरुको गरिमामय उपस्थितिको अपेक्षा राख्दै हार्दिक चुले निमन्त्रणा गर्दछु ।

अन्तिममा ……..?
मलाई छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ को विषयमा आफ्ना कुराहरु राख्ने सुअवसर प्रदान गर्नु भएकोमा तपाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद !