कुनै पनि शहरमा स्मार्टका नारा लाग्छन् । त्यही सहर नजिकैकै गाउँ हरेक हिसाबले काकाकुल हुन्छन् । तुलसीपुर उपमहानगरपालिका भित्रकै कल्ले–बल्ले स्मार्टको नारा सुन्छ, तर, पूरा हुने कल्पना पनि गर्दैन । जहाँ पानी ल्याउन ३ घण्टा हिड्नु पर्छ । धारामा पानी आउँदैन । पानी ल्याउन खोला पुग्दा ३ घण्टा हिड्नु पर्छ । कहिले काही खोलामा पनि लाईन लाग्नु पर्ने भएकाले त्यो भन्दा पनि बढि लाग्छ । खोलाबाट पानी नल्याउँदासम्म घरमा खान पाक्दैन । दिउसो १२ बजेसम्म पनि खान नपाक्ने अबस्था समेत हुनेगर्छ । सडकको हालत त्यस्तै छ । बर्षादमा त्यहाँ सडक पुग्दैन । विद्युत तीन महिना मात्रै बल्छ । त्यहाँको विद्यालयको हालत त्यस्तै छ । विद्यालय भवन जीर्ण भएपछि छाया नेपाल र तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण गर्ने भनेर पुरानो भत्काए । कात्तिकमा विद्यालय भवन भत्काएको भएपनि अहिलेसम्म पनि त्यो भवन निर्माणको कुनै सुरसार छैन । विद्यार्थीह टिनको छाप्रोमा पढ्न बाध्य छन् । कोही त बाहिरै बसेर पढिरहेका हुन्छन् । चैत–बैशाखमा हावाहुरी लाग्छ । त्यसले टिन भत्किएर विद्यार्थीलाई चोट लाग्ने हो की भन्ने उत्तिकै डर हुन्छ । एकातिर पढाएको अर्को तिर सुनिन्छ, त्यसले गर्दा पढाएको पनि बुझन् गाह्रो हुन्छ ।
स्मार्टसीटी भनिएको उपमहानगरपालिकाको वडाको हालत निकै दयनीय छ । यो एउटा प्रतिनिधि गाउँ हो । स्मार्टसीटी भनिएका यस्ता थुप्रै गाउँको हालत त्यस्तै छ । त्यस्ता बस्तिहरुमा आधारभूत कुराहरु पु¥याउने तर्फ ध्यान दिनुपर्छ । स्मार्ट भनेर बजारमात्रै केन्द्रित हुनु दुःखद कुरा हो । शहर भन्दा बढि गाउँ दुःख भोगिरहेको हुन्छ । शहरलाई स्मार्ट बनाउन खोज्दा गाउँलाई भुल्नु हुँदैन ।
गाउँको स्मार्ट भनेको त्यहाँका आधारभूत आबश्यकता पूर्ति नै हो । खानेपानी, सिंचाई, विद्युत, सडक, शिक्षा, स्वास्थ्यको पहुँच पुग्ने नै गाउँको स्मार्ट हो । हावापानी, अर्गानिक खानेकुरा हरेक हिसाबले गाउँ स्मार्ट नै हुन्छ । त्यसलाई हामीले सानो मेहनत ग¥यौं भने शहरहरु मात्रै होईनन्, हाम्रा गाउँहरु पनि स्मार्ट बन्न सक्नेछन्, त्यसैले गाउँलाई स्मार्ट बनाउने अभियानमा पनि हामी लागौं । सबै सरकारले यसमा हातेमालो गरौं ।साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १६ चैत्र २०७८, बुधबार १७:२५ बजे