दाङमा नेपालगञ्जबाट आएको स्कुल बस दुर्घटना, विद्यार्थी सामान्य घाइते

तुलसीपुर
२५ मंसिर । नेपालगञ्जबाट धारपानी भ्रमणकालागि आएको बस दाङमा दुर्घटनामा परेको छ ।

शनिबार साँझ ६ बजेतिर घोराही–लमही सडक खण्डको चौपट्टा स्थित भैसी बगाउने खोलामा बस दुर्घटनामा परेको हो । भेरी विद्या मन्दिर ईङ्लिस स्कुलको बस दुर्घटना हुँदा केही विद्यार्थीहरु घाईते छन् ।


उनीहरुको अबस्थामा सामान्य रहेको प्रहरीले बताएको छ । भे १ ख २२२१ नम्बरको बस दुर्घटनामा परेको हो ।