तुलसीपुर १२ को नयाँ अभ्यासः किसानलाई उत्साह

तुलसीपुर
१६ मङसिर / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले सबै टोल तथा संससंस्थाका पदाधिकारीलाई कृषि सम्बन्धि जानकारी दिएको छ ।शुक्रबार एक कार्यक्रम गरि वडा भित्रका ४८ वटा टोल विकास संस्थाका पदाधिकारी, वडा भित्रका संघसंस्थाहरुलाई सहभागि गराएर कृषि सम्बन्धि जानकारी दिएको हो ।

तुलसीपुर १२ कृषिकालागि एकदमै उत्तम ठाउँ भएकाले कृषि क्षेत्रको विकास गर्न सबैलाई कृषि सम्बन्धि जानकारी दिईएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।“कृषि नै समृद्धिको आधार हो, त्यसैले हामीले वडाको कृषि क्षेत्रमा विकास गर्ने योजना अनुरुप यो कार्यक्रम गरेका हौं”,उनले भने“ कृषि सम्बन्धि जानकारी भएमा मात्रै कृषि क्षेत्रको विकास हुन सक्छ ।”

वडाले गरेको यो कार्य नयाँ रहेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनले यसरी किसानहरुलाई कृषि सम्बन्धि जानकारी दिन सकियो भने कृषि क्षेत्रको विकास हुने उनको भनाई छ ।


वडाको आयोजना तथा ओरेक नेपालको समन्वयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ४८ वटा टोल विकास संस्थाका पदाधिकारी तथा बिभिन्न संघसंस्थाबाट सहभागि थिए । कृषि शाखाको प्राबधान र उत्पादन भएको बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया भएको हो ।

त्यस अवसरमा वडामा उत्पादन भएको कृषि सामग्रीको बजारिकरणका सन्दर्भमा पनि छलफल भएको थियो । किसानहरुले धेरै कुरा जान्न पाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।