चिसो बढेपछि घोराहीमा तीन दिन विद्यालय बन्द

दाङ,१५ पुस ।
दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीका अनुसार बुधबारदेखि पुस १८ शुक्रबारसम्म विदा रहनेछन् ।

पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उाले बताए । बढ्दो चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।


उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ। जिल्लामा सोमबारदेखि चिसो बढेको छ ।