कोरोना पछि सबै व्यवसाय प्रायः ठप्प छ । त्यसमा पनि होटेल व्यवसाय झनै मारमा छन् । कोरोना हुनु भन्दा पहिले जस्तो ब्यापार थियो, अहिले त्यस्तो ब्यापार छैन । ब्यापार व्यवसाय ठप्प हुँदै धेरै होटेलहरु बन्द गरेर भाग्नु पर्ने अबस्था छ । ब्यापार व्यवसाय ठप्प हुँदा धेरैले रोजगारी पनि गुमाएको अबस्था छ । यस्तो बेला सरकारले व्यवसायीप्रति ध्यान दिनु पर्ने हो । तर, त्यस्तो खोलको नीति आउन ल्याउन सकेको छैन ।
होटेल व्यवसाय भनेको पर्यटन क्षेत्रसंग पनि जोडिएको क्षेत्र हो । होटल व्यवसायलाई जति व्यवस्थित बनायो, त्यति नै पर्यटक भित्रिन सक्छन् । तर, होटेल व्यवसाय कम्जोर हुँदा नै तुलसीपुर क्षेत्रमा विभिन्न क्षेत्रको लगानी समेत भित्रिन सकेको अबस्था छैन । जसले गर्दा यहाँको आर्थिक विकासमा असर गरिरहेको छ । होटेल व्यवसाय सुरक्षित भएमा मात्रै अरु व्यवसाय सुरक्षित हुने हो । यस तर्फ ध्यान दिनुपर्छ ।
पछिल्लो समय तुलसीपुर क्षेत्रमा चाडपर्वमा हुन सक्ने सुरक्षालाई मध्येनजर गरि राति होटेल बन्द गर्ने गरिएको छ । सुरक्षाको विकल्प बन्द मात्रै होईन् । दुर्घटना हुन्छ भनेर सडकमा गाडी चलाउन रोक्नु र सुरक्षा थ्रेटका नाममा होटेल बन्द गर्नु एउटै कुरा हो । आफैपनि मारमा परिरहेका व्यवसायीहरुलाई राति वा दिउसो भनेर समय तोक्नु हुँदैन । आफ्नो व्यवसाय निर्वाध रुपमा गर्न पाउनु पर्छ । यद्यपी होटेल व्यवसायीहरुले पनि आफ्नो व्यवसायिक धर्म, मर्यादालाई भुल्नु हुँदैन । रातमा हुने अपराधिक गतिविधिलाई न्यूनिकरण गर्ने सन्दर्भमा होटेल व्यवसाय पनि सम्वेदनशील त हुनु पर्छ नै । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १३ कार्तिक २०८१, मंगलवार ०८:४१ बजे