सम्पर्कविहीन दाङका २२ जनामध्ये तीन जना सकुशल सम्पर्कमा

तुलसीपुर, ११ भदौ ।
रसुवा र नुवाकोटमा परेको विपद्का कारण हराएका भनिएका दाङका २२ जना मध्ये तीन जना सकुशल परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कविहीन सूचीमा रहेका रोल्पा घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ बस्ने ध्रुवबहादुर बुढामगर सकुशल फेला परी परिवारको सम्पर्कमा आएका हुन् । उनी ठेक्कापट्टि तथा कामको सिलसिलामा रसुवा र नुवाकोट क्षेत्रमा गएका थिए ।


यसैगरी, दाङको राजपुर गाउँपालिका वडा नं. १, कठबेरवा निवासी गोपाल चौधरी र बुद्धिराम चौधरी पनि सकुशल आफ्ना परिवारको सम्पर्कमा आएको पुष्टि भएको छ । उक्त विपद् क्षेत्रमा दाङका २२ जना हराएका भनिएकोमा यी तीन जना सकुशल सम्पर्कमा आएका हुन् ।