तुलसीपुरमा ज्ञानसिन्धु कप फुटसल सुरु

तुलसीपुर, १० भदौ ।
दाङको तुलसीपुरमा ज्ञानसिन्धु कप फुटसल प्रतियोगिता सुरु भएको छ । डिभाइन एजुकेशन फाउन्डेशनको आयोजनामा सोमबारदेखि प्लस टु स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो । फाउन्डेशनका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा जिल्ला फुटबल संघ दाङका पूर्वध्यक्ष शुसिल श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि श्रेष्ठले विद्यालय स्तरमा पनि फुटसल प्रतियोगिताले प्राथमिकता पाएको बताए । उनले विद्यालयहरुले यसरी फुटसल कोर्ट बनाएर विद्यार्थीहरुलाई फुटसल खेलाउनु सकारात्मक रहेको बताएका थिए ।


त्यस अवसरमा सहायक क्याम्पस प्रमुख टेकन कडेँललगायतले मन्तब्य ब्यक्त गरेका थिए । डिभाइनका इसिए कोर्डिनेटर आकाश सिंहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसीले गरेका थिए । प्रतियोगितामा जिल्लाका १५ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।