भोटेकोशी विपद् अपडेट: हराएका दाङका पाँच जना परिवारको सम्पर्कमा

तुलसीपुर, ११ भदौ ।
भोटेकोशीको बाढीका कारण सम्पर्कविहीन भएका दाङका २२ जना मध्ये पाँच जना ब्यक्ति परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो प्राप्त विवरण अनुसार, सम्पर्कविहीनहरूको सूचीमा रहेका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी तिलक चौधरी र रामकुमार चौधरी सकुशल परिवारको सम्पर्कमा आएका छन् । यो सँगै हालसम्म ५ जना सम्पर्कमा आइसकेको पुष्टि भएको छ ।


यसअघि सार्वजनिक विवरण अनुसार रोल्पा घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने र ठेक्कापट्टि तथा कामको सिलसिलामा रसुवारनुवाकोट गएका ध्रुव बहादुर बुढामगर , राजपुर गाउँपालिका वडा नं। १, कठबेरवा निवासी गोपाल चौधरी र बुद्धिराम चौधरी सम्पर्कमा आइसकेका छन् ।