वाढीपीडितकालागि शिक्षक नेत्रलालले गरे १० हजार सहयोग

दाङ, ११ भदौ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभाबित भएकाहरुको सहयोगकालागि शिक्षक नेत्रलाल भट्टराइले राहातकोषमा सहयोग गरेका छन् । दाङ घर भइ सल्यानको छत्रेश्वरी–६, भोटेचौरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा विज्ञान शिक्षक नेत्रलाल भट्टराई (नारायण) ले आफ्नो व्यक्तिगत खर्चबाट कटाएर कोषमा दशहजार रुपैयाँ सहयोग गरेका हुन् ।


बाढीका कारण रसुवा क्षेत्रमा पुगेको ठूलो क्षतिपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि गरेको राष्ट्रिय आह्वानलाई आत्मसात गर्दै भट्टराईले सो सहयोग रकम जम्मा गरेका हुन् । उनी सरुवा पीडित केन्द्रीय संघर्ष समितिका केन्द्रीय संयोजक समेत हुन् ।