दाङका एक कोरोना सङक्रमितको मृत्यु

तुलसीपुर
२० माघ / दाङका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुषका बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

उहाँको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए । गएको माघ १६ गते पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।


२५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ ।